अस्वस्थ नोभाक जोकोभिच आइतबार युएस ओपन टेनिस प्रतियोगिताको पहिलो चरणमै अर्जेन्टिनाका मारियानो नाभोनेसँग पराजित भएका छन् । यससँगै जोकोभिच २० वर्षयताकै सबैभन्दा छिटो ग्रान्ड स्लाम प्रतियोगिताबाट बाहिरिएका छन् ।

विश्व वरीयतामा ४८औँ स्थानमा रहेका नाभोनेले जोकोभिचलाई ७–६ (७/५), ५–७, ४–६, ६–२, ६–१ ले पराजित गरे । यो हारसँगै कीर्तिमानी २५औँ ग्रान्ड स्लाम उपाधि जित्ने जोकोभिचको प्रयासमा पनि पूर्णविराम लागेको छ ।

यस नतिजाले ग्रान्ड स्लामको पहिलो चरणमा जोकोभिचको लगातार ७८ खेलको जितको यात्रासमेत टुङ्ग्याएको छ । उनले सन् २००६ को अस्ट्रेलियन ओपनमा पल गोल्डस्टिनसँग पराजित भएयता पहिलो चरणमा हार बेहोरेका थिएनन् ।

खेलका क्रममा जोकोभिच अस्वस्थ देखिएका थिए । उनले कोर्टमै बान्ता गर्नुका साथै मांसपेशीमा ऐठनको समस्या सामना गरेका थिए । यद्यपि चौथो सेटमा नाभोनेको सर्भिस तोड्दै २–१ को अग्रता लिएपछि जोकोभिचले खेलमा फर्कने सङ्केत गरेका थिए । तर नाभोनेले त्यसपछि लगातार पाँच गेम जित्दै चौथो सेट आफ्नो पक्षमा पारे । उनले दुई ब्रेक पोइन्टसमेत बचाउँदै पाँचौँ सेटमा खेल पु¥याए ।

निर्णायक सेटअघि जोकोभिचले मेडिकल टाइमआउट लिँदै ढाडमा मालिस गराउनुका साथै औषधि सेवन गरेका थिए । तर पाँचौँ सेटमा नाभोनेले सुरुमै ३–० को अग्रता लिए । त्यसपछि उनले आफ्नो सर्भिसमा एक अङ्क मात्रै गुमाउँदै सेट ६–१ ले जितेर खेल आफ्नो पक्षमा पारे ।