काठमाडौँ – माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाबाट एक जनाको विदेशीको जीवितै उद्धार गरिएको छ। शनिबार नेपाली सेनाको उद्धार टोलीले आयोजनाबाट विदेशी नागरिकको जीवितै उद्धार गरेका हुन्। यही १० गते आएको रसुवाबाढीका कारण सम्पर्कविहीन रहेका उनको सकुसल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

शुक्रबार माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट २ जनाको सकुसल उद्धार गरिएको थियो।