काठमाडौं । पवन सराफको अर्धशतकमा नेपाल ‘ए’ ले अभ्यास शृंखलाको तेस्रो तथा अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’सामु २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २११ रनको योगफल तयार पारेको थियो ।
नेपालका पवनले सर्वाधिक ६१ रनको योगदान गरे । उनले ९२ बलमा ६ चौक प्रहार गरे । यसैगरी, लोकेश बमले ४७, कप्तान अनिलकुमार साहले २४, मयन यादवले २० र विपिन खत्रीले १२ रन बनाए ।
न्युजिल्यान्डका म्याट फिशरले चार, क्रिस्टियन क्लार्क र आदित्य अशोकले दुई–दुई तथा जेक गिब्सन र मोहम्मद अब्बासले एक–एक विकेट लिए ।
नेपाल जितका साथ शृंखलाको अन्त्य गर्न चाहन्छ । यसअघि नेपालले तास्मानिया र साउथ अस्ट्रेलियासँग पराजय व्यहोरेको थियो ।

