काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा नेपाली ब्याटर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।
मलेसियामा जारी फाइनल खेलमा युएईविरुद्ध ब्याटिङ गरिरहेका आसिफले ७३ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले अर्धशतक पूरा गर्ने क्रममा ४ चौका र १ छक्का प्रहार गरेका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो १६औँ अर्धशतक हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यो समाचार तयार पार्दासम्म २६ ओभरमा १ विकेट गुमाएर ११५ रन बनाएको छ । नेपालका ओपनर अर्जुन कुमाल ४३ रन बनाएर आउट भएका छन् ।

