काठमाडौँ । एसिसी प्रिमियर कपकाे फाइनलमा उत्कृष्ट शतक बनाएका आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन् । उनले नेपाललाई गतिलाे सुरूवात दिँदै १०६ बलमा १०२ रन बनाएका थिए ।

आसिफले एकदिवसीयमा दाेस्राे शतक हानेका हुन् । उनले ४ शानदार छक्का र ८ चाैका प्रहार गरे ।

यस्तै प्रतियाेगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट बनेका छन् । उनले प्रतियाेगिताभरि १७ विकेट लिए । आजकाे फाइनलमा उनले एक मात्र विकेट हात पारेका थिए ।