पाशुपत परिसरमा भक्तजनको घुइँचो काठमाडौँ, २९ भदौः काठमाडौँको पशुपतिनाथ मन्दिरमा सोमबार हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तिजका दिन पूजाअर्चना तथा दर्शन गर्ने आएका भक्तजन । तस्बिरः हरिराम भेटुवाल÷रासस

काठमाडौँ- यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि भक्तजनको लाम लागेको छ।

हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ।

तीज पर्वका अवसरमा आज पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मीका साथै २४ वटा धार्मिक एवं सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक खटाइएको कोषले जनाएको छ।