काठमाडौँ- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले सोमबार पत्रकार सम्मेलन गर्ने भएको छ। उक्त जानकारी नेता डा. प्रकाशशरण महतले दिएका हुन्।
उनले भने, ‘चार बजे पत्रकार सम्मेलनमार्फत पार्टी विवादका सम्बन्धमा हाम्रो धारणा सार्वजनिक गर्दैछौँ।’
त्यसअघि उक्त समूहको बैठक सम्पर्क कार्यालय काठमाडौँको चुनदेवीमा बस्न लागेको छ। बैठक दिउँसो १ बजे बस्ने महतले बताए। उनले भने, ‘उपलब्ध केन्द्रीय सदस्यहरूसँग अनौपचारिक छलफल गर्न लागेका हौँ।’ देउवा समूहका अर्का एक नेताका अनुसार उक्त बैठक निर्णायक हुनेछ।

