काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सत्तापक्षबाट सदनको गरिमामा आँच आउने व्यवहार भइरहेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सत्तापक्षबाट संसद्को गरिमामा आँच आउने गतिविधि भइरहेको बताए ।
उनले भने, ‘सत्ता पक्षबाट पटक–पटक यो सदनको गरिमामा आँच आउने व्यवहार भइरहेका छन्, के यो सभाको गरिमा र मर्यादा प्रतिपक्षबाट मात्रै अपेक्षा गरिएको हो ? सबभन्दा बढी त सरकारले यो सभाको गरिमा र मर्यादा राख्नुपर्ने होइन ?’
उनले नेकपाका प्रमुख सचेतक युवराज दुलाल बोल्दै गर्दा गृहमन्त्री सुधन गुरुङ संसदीय मर्यादा विपरीत हिँडेको आरोप लगाए ।
उनले थपे, ‘प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ ले सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने भन्ने नियमको व्यवस्था गरेको छ। यो नियमको उल्लङ्घन गर्दै कहिले गृहमन्त्री, कहिले प्रधानमन्त्री हिँड्नुभएको छ। यो प्रतिनिधिसभा नियमावलीको नियम उल्लङ्घन गर्नुभएको छ।’
महरको नियमापत्तिपछि सदन चलाइरहेकी उपसभामुख रुवीकुमारी ठाकुरले सांसदहरूलाई ध्यानाकर्षण गराइन्

