सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गणको मोबाइल टोलीले रोकिराखेको अवस्थामा रहेको बेवारिसे युपी १६ एजे ३३०१ नम्बरको भारतीय कार चेकजाँच गर्ने क्रममा बोरामा लुकाइराखेको २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल तथा पेस्तोलमा प्रयोग हुने ७.६२ एमएमका ६ थान गोली फेला पारेको हो।
बरामद हातहतियार, गोली तथा कार आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको सूचना अधिकारी
सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकाश भट्टले जानकारी दिए ।

