काठमाडौँ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको नतिजा आज घोषणा गरिने भएको छ।
आन्तरिक राजस्व विभागका अनुसार बिहान ११: ३० बजे लाजिम्पाटस्थित विभागको सभा हलबाट एक कार्यक्रमबीच भदौ महिनाभरका विजेताहरूको नाम सार्वजनिक गर्न लागिएको हो। विभागले उक्त घोषणा कार्यक्रममा उपस्थितिका लागि सञ्चारकर्मीहरूलाई आग्रह समेत गरेको छ।
आज घोषणा हुने नतिजा अनुसार भदौ महिनाका ३१ जनालाई जनही रु. १ लाख र २ जनालाई बम्पर उपहार गरी कुल ३३ जना विजेता छनोट गरिने आन्तरिक राजस्व विभागले जनाएको छ।

