काठमाडौँ । महाधिवेशनको छेकोमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले धमाधम जिल्ला अधिवेशन गरिरहेको छ । हालसम्म ७२ जिल्लामा अधिवेशन भइसकेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् ।

राप्रपाले भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको थियो । लक्ष्य लगभग पूरा भएको छ । अब ५ वटा जिल्लामा मात्रै अधिवेशन हुन बाँकी छ ।

प्रवक्ता श्रेष्ठका अनुसार कोशीको १, बागमतीका ३ र कर्णालीको १ जिल्लामा अधिवेशन भएको छैन । बागमततीका बाढी प्रभावित नुवाकोट, रसुवा र धादिङमा अधिवेशन हुन नसकेका हुन् ।

  1. ७२ जिल्लाबाट निर्वाचित भएका जिल्ला अध्यक्षहरुको सूची यसप्रकार छः
    १. कास्कीः नारायण गुरुङ
    २. नवलपुरः विष्णुप्रसाद अधिकारी
    ३. गोरखाः रमेशरमण खनाल
    ४. लमजुङः क्या. केविन्द्र जंग गुरुङ
    ५. स्याङ्जाः ऋषिराम लामिछाने
    ६. बागलुङः विष्णुप्रसाद सापकोटा
    ७. तनहुँः इम बहादुर केसी (केदार)
    ८. पर्वतः शेर बहादुर उचाई ठकुरी
    ९. म्याग्दीः वीरबहादुर थापा क्षेत्री
    १०. मुस्ताङः जेम्स हिराचन
    ११. मनाङः वाङगेल गुरुङ
    १२. रुपन्देहीः सागर प्रताप राणा
    १३. रोल्पाः अम्मर बहादुर थापा
    १४. दाङः प्रेम शाह
    १५. नवलपरासी बसपुः रामभवन यादव
    १६. बर्दियाः हेमन्त प्रकाश गिरी
    १७. गुल्मीः त्रिविक्रम चन्द
    १८. कपिलवस्तुः नारायण बहादुर सिंह
    १९.पाल्पाः डुल बहादुर कुँवर
    २०. प्युठानः चुमान सिंह बस्नेत
    २१. रुकुम पूर्वः अमर बहादुर शाही
    २२. बाँकेः अरुण प्रताप सिंह
    २३. अर्घाखाँचीः नारायण प्रसाद खनाल
    २४. झापाः केशव प्रसाद ओझा
    २५. मोरङः मनोज वस्नेत
    २६. इलामः तारा प्रसाद नेपाल
    २७. ताप्लेजुङः अमृत कुमार सावदेन
    २८. खोटाङः ललित राई
    २९. ओखलढुंगाः पदम कुमारी गुरुङ
    ३०. उदयपुरः ध्रुव रायमाझी
    ३१. संखुवासभाः दिपेन्द्र भण्डारी
    ३२. सोलुखुम्बुः राजेन्द्र बस्नेत
    ३३. तेह्रथुम: टंक प्रसाद अधिकारी
    ३४. भोजपुरः जनक नेपाल
    ३५. सुनसरीः दिनेश कुमार बस्नेत
    ३६. पाँचथरः कमल बहादुर चेम्जोङ
    ३७. सिन्धुपाल्चोकः निलध्वज थापा
    ३८. काभ्रेपलान्चोकः सहदेव भण्डारी
    ३९. भक्तपुरः अर्जुन कार्की
    ४०. चितवनः चेतनाथ वाग्ले
    ४१. रामेछापः भरत वाईवा
    ४२. दोलखाः गंगा बहादुर बस्नेत
    ४३. काठमाडौः दिपक केसी
    ४४. ललितपुरः सबिन खड्का
    ४५. सिन्धुलीः भिष्मराज श्रेष्ठ
    ४६. मकवानपुरः ऋषिलाल श्रेष्ठ
    ४७. हुम्लाः बिकास महत
    ४८. दैलेखः सुरत केसी
    ४९. सल्यान स् प्रदिप थापा
    ५०. मुगुः बिरचन्द बुढा
    ५१. रुकुम पश्चिमः खम्बु खत्री
    ५२. कालिकोटः मदन रोकाया
    ५३. डोल्पाः ईन्द्र रोकाया
    ५४. जाजरकोटः दिपक खनाल
    ५५. सुर्खेतः छत्रपति थापा
    ५६. डोटीः खडक प्रसाद अग्रवाल
    ५७. बैतडीः इन्द्र देव शरण भट्ट
    ५८. डडेल्धुराः राजेन्द्र भण्डारी
    ५९. बझाङः विश्वप्रकाश जेठारा
    ६०. कैलालीः एकेन्द्र बहादुर मल्ल
    ६१. कञ्चनपुरः केशव खत्री
    ६२. दार्चुलाः प्रकाश दयाली
    ६३. बाजुराः जित बहादुर शाही
    ६४. अछामः मिन बहादुर शाही
    ६५. पर्साः विना जयसवाल कुर्मी
    ६६. सर्लाहीः बिजय यादव
    ६७. सिराहाः शम्भुप्रसाद यादव
    ६८. सप्तरीः उम्देश्वर प्रसाद साह
    ६९. बाराः विनोद भारती
    ७०. महोत्तरीः राजेश्वर राय यादव
    ७१. धनुषाः रामचन्द्र यादव
    ७२. रौतहटः विक्रान्त नेपाल