नेकपा (एमाले) ले संविधान दिवसका अवसरमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्न मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ । एमाले महासचिव शंकर पोखरेलले बिहीबार एक निर्देशन जारी गर्दै साे निर्देशन दिएका हुन् ।

पोखरेलले यही ३ असोजमा १२औँ संविधान दिवस विभिन्न कार्यक्रम गरी उत्साहजनक र भव्य रूपमा मनाउन मातहतका सम्पूर्ण कमिटीलाई आग्रह गरेका हुन् ।

निर्देशनमा आ–आफ्नो क्षेत्र र तहमा संविधानको रक्षाको सन्देशसहित प्रभातफेरी, दीपप्रज्वलन, विचार गोष्ठी, सरसफाइ लगायतका कार्यक्रम आयोजना गर्न भनिएको छ ।

‘आ-आफ्नो क्षेत्र र स्तरमा संविधानको रक्षाको सन्देशसहित प्रभातफेरी, दीपप्रज्वलन, विचार गोष्ठी, सरसफाइ तथा अन्य रचनात्मक कार्यक्रमहरूको आयोजना गरी संविधान दिवसलाई सफल बनाउनुहुन अनुरोध छ’, विज्ञप्तिमा भनिएकाे छ ।

एमालेले संविधान दिवसलाई सफल बनाउन अन्य रचनात्मक कार्यक्रमसमेत आयोजना गर्न मातहतका कमिटीलाई अनुरोध गरेको छ ।