काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलोपटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ । क्यानका सचिव पारस खड्काले डीआरएस प्रविधिका लागि दुईवटा कम्पनीसँग प्राविधिक परीक्षण सम्पन्न भइसकेको जानकारी दिएका छन् ।

खड्काका अनुसार प्राविधिक पाटोको परीक्षण सकिए पनि त्यसको एक्युरेसी र विश्वसनीयताको अन्तिम निचोड आउन बाँकी छ । “हामीले दुईवटा कम्पनीसँग टेस्टिङ गरिसकेका छौं,” सचिव खड्काले भने, “टेक्निकल एस्पेक्टमा हामीले टेस्टिङ कम्प्लिट गरिसक्यौं । अब त्यसको एक्युरेसी कत्तिको छ भन्ने कुराको फाइनल कन्क्लुजन आउन बाँकी छ ।”