काठमाडौँ । पर्साको पटेर्वासुगौली गाउँपालिका-१ मलाही टोलमा २ राउन्ड हवाई फायर गर्दै करिब ३३ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् ।
आइतबार राति करिब १० बजे मलाही टोलमा अवैध रूपमा गाँजाको कारोबार भइरहेको विशेष सूचनापछि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा परिचालन गरेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ का नन्दलाल सहनी, महेश सहनी र भुटी सहनी छन्। उनीहरूको साथबाट करिब ३३ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

