काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाह कतार एअरवेजको उडानमार्फत दोहा ट्रान्जिट हुँदै अमेरिकाको न्यूयोर्क पुग्नेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
महासभामा सहभागी भएपछि प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने तालिका रहेको छ।
उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने बताइएको छ ।
महासभामा भाग लिन यसअघि ४ असोजमा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरिसकेको छ ।

