काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको चिफ अपरेटिङ अफिसर (सीओओ) नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट अपरेसन म्यानेजर समेत रहेका दास मलेसिया क्रिकेट संघले खुलाएको सीओओको आवेदनमा छनोट भएका हुन् ।

एक महिना अघि क्यानबाट राजीनामा दिएको दासले नेपालप्रेसलाई बताए । उनले भने ‘एक महिनाअघि क्यानलाई राजीनामाबारे जानकारी गराएको हुँ ।’

यस्तै, उनले मलेसिया क्रिकेट संघसँग सम्झौतामा हस्ताक्षर गर्न बाँकी रहेको र केही दिनपछि उनी मलेसिया प्रस्थान गर्ने बताए ।