पर्वत । कालीगण्डकी नदीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा ६६ घर पूर्ण रूपमा बगाएको छ। थप २३ घर उच्च जोखिममा रहेका छन्।
सशस्त्र प्रहरी बल नेपालका अनुसार उच्च जोखिममा रहेका घरमा बस्न सक्ने अवस्था नरहेकाले त्यहाँ रहेका सरसामान सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

