https://youtube.com/@everestgallery?si=73kqTphz9TxiDfSs

काठमाडौं । कर्णाली क्षेत्रका मनोरम प्राकृतिक दृश्यलाई पृष्ठभूमिमा समेटिएको नयाँ प्रेमिल म्युजिक भिडियो ‘साक्षी राखी माया मेरो’ सार्वजनिक भएको छ। सुजाता केसी र सबिन सुबेदीको युगल स्वरमा रहेको गीतले प्रेम, सम्बन्ध र भावनात्मक अनुभूतिलाई केन्द्रमा राखेको छ।

गजेन्द्र रञ्जितको शब्द तथा राजेन्द्र बजगाईँको संगीत रहेको गीतको भिडियो कर्णाली क्षेत्र आसपासका आकर्षक तथा रमणीय स्थानमा छायांकन गरिएको हो। भिडियोमा नेपाल सरकारका सहसचिव, हुलाकी राजमार्ग योजना प्रमुख तथा सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुबेर नेपाली र लोकप्रिय कलाकार तथा मोडल झरना रिशाल मुख्य भूमिकामा देखिएका छन्।

प्रेमिल भावनामा आधारित गीतको कथालाई नेपाली र रिशालको अभिनयले दृश्यात्मक रूपमा जीवन्त बनाउने प्रयास गरिएको छ। कर्णालीको प्राकृतिक सौन्दर्य र प्रेमकथालाई एकसाथ प्रस्तुत गरिएको भिडियोमा मनोरम भू-दृश्यसँगै भावनात्मक सम्बन्धका विभिन्न पक्षलाई समेटिएको निर्माण पक्षले जनाएको छ।

‘साक्षी राखी माया मेरो’ ले प्रेम र सम्बन्धलाई आत्मीय ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ। भिडियो सार्वजनिक भएसँगै निर्माण पक्षले दर्शक तथा स्रोताबाट माया, साथ र सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेको छ।