काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सेवाग्राहीलाई दुःख हैरानी दिने गरेको जनगुनासोका आधारमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो करिब २ः३० बजे जिल्ला प्रशासन कार्यालयबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा सिन्धुलीको सुनकोसी गाउँपालिका–२ घर भई भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गेरादह नगरपालिका–७ घर भई सोही स्थान बस्ने ५० वर्षीय गोपालबहादुर बिष्ट र स्याङ्जाको भिरकोट नगरपालिका–५ घर भई काठमाडौँको सानो भर्याङ बस्ने ४६ वर्षीय देवप्रसाद अर्याल रहेका छन् ।
त्यसैगरी काठमाडौँ महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी, ललितपुर इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी र तेह्रथुमको म्याङलुङ नगरपालिका–६ घर भई काठमाडौँको शङ्खमूल बस्ने ५७ वर्षीय स्वयम् कृष्ण निरौला पनि नियन्त्रणमा परेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

