काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (चैत ६) बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा सभापति गगन थापाले दिएको राजीनामा, निर्वाचन परिणामलगायत विषयमा छलफल गरिने जनाइएको छ ।
पार्टी उपसभापति विश्वप्रकाश शर्माले बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा, थापाको राजीनामा अस्वीकृतको प्रस्ताव पेस गरिने जनाएका छन् ।

