filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: 32768; cct_value: 0; AI_Scene: (2, -1); aec_lux: 0.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

रुपन्देही । पाल्पाको तिनाउ खोलामा पौडी खेल्दै गरेका एक भारतीय युवा बेपत्ता भएका छन् । दुई जना साथीसँग आएको र आज बिहान साढे ९ बजेतिर खोलामा रहेका उनलाई माथिल्लो तटीय क्षेत्रमा पानी परेर खोला बढेपछि भेलले बगाएको थियो ।

उनीसँगै आएका युवाले पौडी खेल्न नजानेको सँगै पौडी खेलेको दाबी गरेका छन् । प्रहरीले अहिले खोजबिन रहेकाले उनी भारतीय मूलका भएपनि कहाँबाट आएका हुन् भन्ने जानकारी नभएको जनाएको छ ।

तिनाउ गाउँपालिका–३, ड्यामसाइड क्षेत्रमा तीन जना भारतीय मूलका युवाहरु बिहानै पौडी खेल्न पुगेका थिए । दोभान प्रहरी चौकी, उनका दुई साथी र स्थानीयले उनको खोजी गरिरहेका प्रहरीले जनाएको छ ।